४७ अङ्कले घटेर २९ सयको बिन्दुमा झर्यो सेयर बजार


काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्से परिसूचक एकै दिन ४७ अङ्कले घटेर २९ सयको बिन्दुमा झरेको छ । अघिल्लो दिन मात्रै ३ हजारको बिन्दुमा पुगेको नेप्से परिसूचक आज ४७ दशमलव ९३ अङ्कले घटेर २९ सय ५४ दशमलव १४ को बिन्दुमा कायम भएको हो ।
अघिल्लो कारोबारका दिन मङ्गलवार मात्रै परिसूचक ३० दशमलव ७६ अङ्कले बढेर ३००२ दशमलव ०७ बिन्दुमा बन्द भएको थियो । जुन झन्डै ४ वर्षपछिको उच्च बिन्दु समेत थियो ।
बुधवार बजारमा ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयरको खरिदबिक्री हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँको कुल सेयर कारोबार भएको छ ।
आजको कारोबारमा सान्वी इनर्जी लिमिटेड र ट्रेड टावरका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य सर्किट लेबलमा कारोबार भएको छ । त्यस्तै, हिमालयन रिइन्स्योरेन्स कारोबारका आधारमा १ अर्ब ३२ करोड १२ लाख १८ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।
बुधवार बजार पुँजीकरण कुल ४९ खर्ब २९ अर्ब रुपैयाँ बढी पुगेको छ ।