`

मकवानपुर ट्राफिक प्रहरीद्धारा दुई करोड ४१ लाख राजस्व सङ्कलन

Nepal One HD १५ साउन २०८२ ९:०७
अर्थ समाचार

बागमती, १५ साउनः मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा रु दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम सङ्कलन भएको हो ।

आव २०८०/८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर रु तीन करोड ६९ लाख ६७ हजार राजस्व सङ्कलन भएको थियो । मकवानपुरमा आव २०८१/८२ मा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *