`

ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

Nepal One HD १५ साउन २०८२ २०:००
खेलकुद

ताप्लेजुङ, १५ साउनः तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकप यही साउन २४ गतेदेखि सुरु हुने भएको छ । पाथीभरामा आज आयोजिक कार्यक्रममा आयोजकले खेल तालिका सार्वजनिक गरेको हो ।

खेलकुदको माध्यमबाट पाथीभरा मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए । उद्घाटन खेल तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श फुटबल क्लब इटहरीबीच हुने छ । साउन २५ गते सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच खेल हुनेछ ।

अध्यक्ष मादेनका अनुसार साउन ३१ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *