चीन र रुसले जापानको सागरमा संयुक्त हवाई अभ्यास गर्ने

विश्व

चीन र रुसले जापानको सीमा नजिकै संयुक्त हवाई र समुद्री अभ्यास सुरु गर्ने भएका छन् । चीनको रक्षा मन्त्रालयका अनुसार रणनीतिक जलमार्गको सुरक्षा र सामरिक जलमार्गको सुरक्षा गर्ने उद्देश्यले अभ्यास सुरु गर्न लागिएको हो ।
अभ्यासमा रुसी नौसेना र वायु सेनासँगै चिनियाँ नौसैनिक टोली सामेल हुने बताइएको छ । नर्दन इन्टर्याक्सन २०२३ नाम दिइएको सो अभ्यासको तयारीले युक्रेनमाथि रुसको हमलापछि उसले चीनसँग सैन्य साझेदारी बढाउन खोजेको देखिएको छ । सैन्य सञ्चार पुनः सुरु गर्नका लागि अमेरिकाले गरेको आहृवानलाई अस्वीकार गर्दै आएको चीनले रुससँग साझेदारी बढाएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट