तनहुँमा यात्रुवाहक बस दुर्घटना: ५ जना घाइते, २ को अवस्था गम्भीर

प्रमुख खबर

काठमाडौं । मुग्लिन–पोखरा सडकखण्डस्थित तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरानजिक भएकाे बस दुर्घटनामा ५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार गोरखाबाट नारायणगढ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस आइतबार सडकबाट १५ मिटर तल खसेको थियाे ।
घाइतेहरूलाई आँबुखैरेनी अस्पताल पठाइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुईजनालाई भरतपुर अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट