`

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते

Nepal One HD १९ साउन २०८२ १८:४८
शिक्षा

काठमाडौँ । कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने जानकारी गराए ।

आज मात्रै कक्षा १२ को परीक्षाको नजिता सार्वजिनक भएको छ । सो क्रममा उनले ग्रेड वृद्धि परीक्षाबारे जानकारी गराएका हुन् ।

सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *