`

गोरेटो एजुकेशन कन्सलट्यान्सीको आयोजनामा १२ अगष्टमा नयाँ बानेश्वरमा अष्ट्रेलियन एजुकेशन फेयर २०२५ हुँदै

Nepal One HD २० साउन २०८२ ७:१६
शिक्षा

काठमाडौँ-काठमाडौँमा अष्ट्रेलियन एजुकेशन फेयर २०२५ नामक शैक्षिक मेला हुने भएको छ। नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीको आयोजनामा अध्ययनका लागि अष्ट्रेलिया जाने बिद्यार्थीहरुलाई लक्षीत गर्दै अष्ट्रेलियन एजुकेशन फेयर २०२५ को आयोजना गर्न लागिएको हो । शैक्षिक मेला यही १२ अगष्टबाट सुरु हुनेछ भने मेला ५ दिनसम्म चल्नेछ ।

अष्ट्रेलियन एजुकेशन फेयर नाम दिइएको शैक्षिक मेलामा अष्ट्रेलियाका विभिन्न कलेजहरुका प्रतिनिधीहरुकै उपस्थितीमा कुन शहरका कुन विश्वबिद्यालयमा जाँदा बिदार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा पनि जानकारी दिइनेछ ।

यस फेयरमा अष्ट्रेलियामा रहेका विश्वबिद्यालयहरुको भौतिक संरचनादेखि दक्ष र अनुभवी काउन्स्लररुबाट पनि कोर्स सेलेक्सन, अध्ययनमा जाँदा लाग्ने लागतदेखि आईएलट्स, टोफेलका बारेमा पनि जानकारी दिइनेछ । फेयरमा उपस्थित हुने बिद्यार्थीहरुमध्ये १० भन्दा बढी बिद्यार्थीलाई आईएलट्स, टोफेलको निशुल्क व्यबस्था गरिने बताइएको छ । ५ दिनसम्म चल्ने फेयरमा राष्ट्रिय स्तरका कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *