`

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

Nepal One HD २० साउन २०८२ १४:२०
राजनीति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा राखेको अडान जारी राख्ने भन्दै मंगलबार पनि प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ ।

सभामुख देवराज घिमिरेले बैठकको सुरुवात मै बोल्न अनुमति दिएका सांसद विराजभक्त श्रेष्ठले आन्दोलन जारी रहेको बताए ।‘जबसम्म यो विषय न्यायोचित सम्बोधन हुँदैन, चित्त बुझ्दो र ठोस कारबाही अगाडि बढ्दैन तबसम्म हामी यो मुद्दा निरन्तर उठाइरहने नै छौँ,’ उनले भने, ‘हामी आन्दोलनबाट पछि हट्ने छैनौँ । र हाम्रो आन्दोलन जारी छ ।’

उनीपछि सभामुख घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहलाई बोल्ने अनुमति दिएका थिए । नले भिजिट भिसा प्रकरणमा पार्टीले राख्दै आएको माग पूरा नभएकाले बैठक बहिष्कार गर्ने बताए । ‘हामी सदन बहिष्कार गर्छौं । सदन बहिष्कार गर्दाखेरि हामीले पाउने भत्ता पनि बहिष्कार गरिराखेका छौँ,’ उनले भने ।

दुबै पार्टीका सांसद बाेलेपछि बैठक बहिष्कार गरेर बाहिरिएका छन् । गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै दुबै पार्टीले संसद् बैठकमा विराेध गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *