`

साइबार अपराध मुद्दामा शर्मिला वाइबा पक्राउ

Nepal One HD २० साउन २०८२ १७:४९
समाचार

पोखरा ।  आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छन्। कास्की प्रहरीले पोखरा लेकसाइडस्थित एक होटलबाट वाइबालाई पक्राउ गरेको हो। साइबर क्राइमको मुद्दामा साइबर ब्युरोले पक्राउ पूर्जी पठाउँदै कास्की प्रहरीलाई पठाइदिन भनेको थियो।

कास्की प्रहरीले पक्राउ गरेर आजै विमानमार्फत काठमाडौँ पठाउने तयारी गरेको छ।

प्रहरीले उनलाई साइबर अपराध मुद्दामा पक्राउ गरेको हो । स्रोतका अनुसार, उनकै सहकर्मी शर्मिला श्रेष्ठले साइबर ब्युरोमा जाहेरी दिएपछि सोही मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *