`

नैतिकता गुमाएकाले सभापति खतिवडाले राजीनामा दिनुपर्छ : रास्वपा

Nepal One HD २१ साउन २०८२ १३:५९
राजनीति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकता गुमाएकाले राजीनामा दिनुपर्ने बताएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुवात मै रास्वपाका तर्फबाट बोलेको सांसद मनिष झाले ‘कुलिङ अफ पिरियड’मा भएको गडबडीमा दोषी देखिएको भन्दै सभापति खतिवडाको राजीनामा माग गरेका हुन् ।

पार्टीको सचिवालय बैठकले पनि नैतिकता गुमाएकोले खतिवडा पदमा बसिराख्न नहुने भन्दै राजीनामा दिनुपर्ने निर्णय गरेको उनले बताए ।

‘अहिलेको प्रधानमन्त्री भनेपछि हामी कसको नाम सम्झिन्छौँ । कि मेरो नाम लेखिएको छैन भनेर हुन्छ? यहाँ पदको नाम लेखिएको छ,’ उनले भने, ‘जिम्मेवारीपनको नाम लेखिएको छ, नालायकीपनको नाम लेखिएको छ । हामी राजीनामा माग्दछौँ । हाम्रो आन्दोलनमा एउटा मुद्दा थपिएको छ, राज्य व्यवस्था समितिका सभापतिको राजीनामा ।’

झाले प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *