`

रुपन्देही-३ मा रास्वपाबाट उम्मेदवार बन्न १० जनाले दिए आवेदन

Nepal One HD २२ साउन २०८२ १२:३८
रास्वपा

काठमाडौँ । कार्त्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको प्रतिनिधि सभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवार बन्न १० जनाले आवेदन दिएका छन् ।

तोकिएको म्यादभित्र कतिजनाले र क-कसले आवेदन दिए भन्ने पार्टीले औपचारिक रूपमा खुलाइसकेको छैन । रास्वपा स्रोतले दिएको जानकारी अनुसार ८ जनाले तोकिएको समयभित्र अनलाइनमा आवेदन गरेका छन् भने थप दुईजनाले आफ्नो नाम प्रविष्ट नभएको भनेर पार्टीलाई सूचित गरेका छन् ।

केन्द्रीय सदस्य कुशुम महर्जन, रूपन्देही क्षेत्र नं ३ का सभापति मधु अर्याल, प्रदेश सदस्य तथा ०७९ का उम्मेदार जेबी गुप्ता (शेखर), भैरहवाका डा. लेखजंग थापा, महिला नेतृ ज्ञानु पौडेलले आवेदन दिएको स्रोतले पुष्टि गर्यो । त्यसैगरी बुधबार अमेरिकाबाट निर्वाचनकै लागि आएका बुटवल सेमलारका शुलभ खरेल, प्रदेश सदस्य प्रकाश ज्ञवाली, पार्टीको जिल्ला कोषाध्यक्ष रहेकी भैरहवाकै रचना क्षेत्रीले पनि आवेदन दिएको खुलेको छ ।

रास्वपाले उम्मेदवार छनोटको प्रक्रियाको पहिलो चरणमा उम्मेदवारका लागि खुल्ला आह्वान गरेको थियो । उम्मेदवार बन्न इच्छुकले पार्टी र निर्वाचन आयोगले तोकेको न्यूनतम योग्यता पूरा गरी साउन ७ गते देखि २१ गतेसम्मका लागि आवेदन खुलाएको थियो ।

यी नामहरू उपर शुक्रवार र शनिवार दाबी विरोध आह्वान गरिएको छ। शनिवार नै नामावली प्रकाशन गरेर साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने रास्वपाले बताएको छ। २६ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने र साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिक प्रोक्सिमिटी र समावेशिता मापन गरिने रास्वपाले बताएको छ।

भदौ १२ र १३ गते तीन जना उम्मेदवारहरूको बिचमा प्रारम्भिक निर्वाचन गराइने र भदौ १५ गते उम्मेदवार तय गरिने रास्वपाले बताएको छ। रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *