`

मल अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छः प्रधानमन्त्री

Nepal One HD २६ साउन २०८२ ६:३८
प्रमुख खबर

काठमाडौँ,- प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत कतै मलको अभाव महसुस भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध समेत गर्नुभएको छ ।

“कृषि मन्त्रालयले दिएको जानकारीअनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने एक लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा छ”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार युरिया मल १६ हजार ५३९ मेट्रिक टन, डिएपी मल सात हजार ६५३ मेट्रिक टन र पोटास मल चार हजार ९१५ मेट्रिक टन कृषि सामग्री केन्द्रमा मौज्दात छ ।

यस्तै साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात रहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । युरिया १० हजार ९८४ मेट्रिक टन, डिएपी मल ९४२ मेट्रिक टन तथा पोटास मल एक हजार ७८५ मेट्रिक टन मौज्दात छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *