`

राजविराजमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Nepal One HD २६ साउन २०८२ २०:५९
समाज

राजविराज (सप्तरी), २६ साउन : हुलाकी सड्क खण्डअन्र्तगत यहाँको बलानविहुल गाउँपालिका–६ शेहरा चोकमा आज मोटरसाइकल दुर्घटना हँुदा एक महिलाको मृत्यु भएको छ ।

बलान बिहुल गाउँपालिका–२ दिघिया टोल बस्ने ३० वर्षीया शान्तिकुमारी यादवको मृत्यु भएको हो । शान्तिका देवर गयाप्रसाद यादवले चलाएको ‘अन टेस्ट’ मोटरसाइकलमा तीन वर्षीय छोरा समेत सवार थिए । उनीहरु बोदे बर्साइनबाट चन्हीतर्फ जाँदै थिए ।

सोही क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गयाप्रसादका तीन वर्षीय छोरा आदित्यसहित सबै घाइते भएका थिए ।

उनीहरुलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज पठाइएको थियो । शान्तिदेवीको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताउनुभयो ।

चालक यादव तीन वर्षीय छोरा आदित्यलाई समेत लिई एम्बुलेन्सबाटै फरार भएको प्रहरीले जनाएको छ ।

आजै शम्भुनाथ नगरपालिकामा भएको दुर्घटनामा एक युवकको ज्यान गएको थियो भने एक दम्पती घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *