`

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ

Nepal One HD १८ कार्तिक २०८३ १६:२९
समाचार

काठमाडौं । डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिमबाट पक्राउ परेका छन् ।

शनिबार बिहान ६ बजे कारागारबाट ६ कैदी र दुई थुनुवासहित आठ जना फरार भएका थिए । फरार भएकामध्ये दुई कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१० का ३२ वर्षीय रामबहादुर कामी र सल्यानको कुमाख गाउँपालिका-५ का २८ वर्षीय रेशम राना रहेका छन् ।

जबरजस्ती करणीसम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका कामीलाई १८ वर्ष कैद सजाय तोकिएको थियो । उनले अब १३ वर्ष कैद भुक्तान गर्न बाँकी थियो ।

त्यस्तै, रानालाई १२ वर्ष कैद सजाय तोकिएकोमा नौ वर्ष कैद भुक्तान गर्न बाँकी रहेको थियो ।

पक्राउ परेका दुवै जनालाई रुकुम पश्चिमबाट डोल्पा कारागार ल्याउने तयारी भइरहेको छ । साथै, कारागारबाट फरार भएका अन्य कैदी तथा थुनुवाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *