`

चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न अदालतको आदेश

Nepal One HD २८ साउन २०८२ १८:११
अपराध

काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई नै धरौटीमा छाड्ने आदेश दिएको हो ।

यस्तै गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामालाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

त्यस्तै निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरव सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश कट्टेल, राजु परियार, सफल भन्ने सुजल शाहीको हकमा १० हजार रुपैयाँ धरौटी माग भएको हो।

प्रहरीले उनीहरूलाई साउन १६ गते मध्यराति महाराजगन्जस्थि साम्बाला होटलबाट नियन्त्रणमा लिएको थियो। चक्रेसहित १९ जनाविरूद्ध मंगलबार अभद्र व्यवहारको कसुरमा मुद्दा दायर भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *