`

रविलाई राखेको कोठाको झ्यालमा प्लाइउड हटाएर जाली लगाइयो

Nepal One HD २९ साउन २०८२ १४:०६
बिशेष

काठमाडौं । संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)का सभापति रवि लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको जानकारी दिएको छ ।

कारागारमा रहेका बन्दीहरूलाई दिइएको सेवा सुविधाबारे सञ्चारमाध्यममा निरन्तर समाचार आइरहेको प्रति ध्यानाकर्ष भएको जनाउँदै रुपन्देही कारागार प्रशासनले सूचना जारी गरेको हो ।

लामिछानेलाई राखिएको बन्दी कोठाको झ्याल प्लाइउडले छोपिएको भनेर प्रश्न उठेपछि त्यसलाई हटाएर जाली राखिएको कारागारका प्रशासक सुरेश भण्डारीले जानकारी दिए ।

रास्वपा सभापति लामिछाने पछिल्लो ४ महिनादेखि रुपन्देही कारागारमा थुनामा छन् । लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुरुदेखि नै छुट्टै बन्दीगृहमा राखिएको कारागारले भनेको छ ।

साथै उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *