रवि लामिछानेलाई आजै नख्खु कारागार स्थानान्तरण गरिने


रुपन्देही । भैरहवा कारागारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई आज कारागार स्थानान्तरण गरिने भएको छ ।
कारागार स्रोतका अनुसार लामिछानेलाई आजै दिउँसो ३ बजे रुपन्देहीबाट ललितपुरको नख्खु कारागार पठाउने तयारी भएको हो ।
लामिछानेले डेढ महिना अघि नै डिल्ली बजार कारागारमा स्थानान्तरणका लागि कारागार विभागमा निवेदन दिएका थिए । साथै रुपन्देही जिल्ला अदालतले पनि उनले पायक पर्ने कारागारमा सर्न खोज्ने सार्न आदेश दिएको थियो । तर डेढ महिनासम्म पनि उनको निवेदन कारागार विभागमै रोकिएको थियो ।
लामिछानेको कारागार सरुवा पनि रोकिएको भन्दै चर्को आलोचना भएपछि विभागले उनलाई रुपन्देहीबाट सरुवा गर्ने निर्णय गरेको हो । लामिछानेले डिल्ली बजार कारागारमा बस्न निवेदन दिए पनि विभागले भने उनलाई नख्खु कारागारमा सार्न लागेको हो ।
शुक्रवार नै विभागले रुपन्देही कारागार प्रशासनलाई पत्र पठाइसकेको थियो । उनलाई हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने तयारी भएको छ ।