`

रसियाको कारखानामा भीषण आगलागी, मृतक संख्या ११ पुगेको पुष्टि

Nepal One HD ३१ साउन २०८२ १४:४८
विश्व

रसियाको पश्चिमी रायजान क्षेत्रमा रहेको एउटा औद्योगिक कारखानामा लागेको आगलागीमा हालसम्म ११ जनाको ज्यान गएको र करिब १३० जना घाइते भएको रसियाली आपतकालीन व्यवस्थापन मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जानकारी दिँदै भनेको छ, “मलबा हटाउने क्रममा थप दुई शव फेला परेको छ । यसरी कुल मृतकको संख्या ११ पुगेको पुष्टि भएको छ ।” यसअघि एउटा कुकुर टोलीले मलबाभित्र रहेका फसेका व्यक्तिको स्थान पत्ता लगाएर उद्धार गरेको थियो ।

अहिलेसम्म घटना स्थलमा ३६० भन्दा बढी आपतकालीन कर्मचारी र ९० भन्दा बढी उपकरण परिचालन गरि खोजी र उद्धार कार्य जारी छ । आगलागी स्थानीय समय अनुसार बिहान १०ः३० बजे शिलोव्स्की जिल्लाको लेस्नोइस्थित उक्त कारखानाको उत्पादन कार्यशालामा शुरू भएको थियो ।

स्थानीय अनुसन्धान निकायहरूले यस घटनालाई औद्योगिक सुरक्षा नियमहरूको उल्लङ्घनको मामलामा हेरेर गम्भीर अनुसन्धान अगाडि बढाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *