रुपन्देही कारागारबाट निकालियो रविलाई, काठमाडौं ल्याइँदै

रास्वपा

बुटवल । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थानान्तरणका लागि बाहिर निकालिएको छ ।
उनलाई ललितपुरस्थित नख्खु कारागार स्थानान्तरणका लागि भैरहवा कारागारबाट बाहिर निकालिएको हो ।
लामिछानेलाई कारागारबाट गौतमबुद्ध विमानस्थल लगिने र बुद्ध एअरको जहाज मार्फत काठमाडौं ल्याईँदै छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।
उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए । अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।
त्यसको करिब ४० दिनपछि हिजोमात्रै कारागार व्यवस्थापन विभागले कारागार सरुवा गर्ने निर्णय गरेको थियो ।सोही निर्णय बमोजिम आज उनलाई ललितपुरको नख्खु कारागार ल्याईदै छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट