`

इजरायलद्वारा वेस्ट बैंकमा ४८ प्यालेस्टिनी पक्राउ

Nepal One HD २ भदौ २०८२ १८:३२
विश्व

इजरायली सेनाले वेस्ट बैंकका विभिन्न क्षेत्रमा ठूलो मात्रामा गिरफ्तारी अभियान चलाउँदै ४८ प्यालेस्टिनीलाई पक्राउ गरेका छन् ।

प्यालेस्टिनी समाचार एजेन्सी वफाका अनुसार, दुई प्यालेस्टिनीलाई कल्किल्या र अर्कोलाई असिरा अल–शामालिया सहरबाट घरमा छापा मारेर पक्राउ गरिएको हो ।

जेरुसेलमको दक्षिणमा रहेको उम्म टुबा गाउँबाट ३३ जना कामदारलाई अनुमति नभएको बहानामा पक्राउ गरिएको बताइएको छ । पछिल्ला महिनाहरूमा सयौँ कामदारलाई इजरायली प्रहरीले पक्राउ र दुव्र्यवहार गरेको छ ।

बेथलेहेममा इजरायली सेनाले १२ जना प्यालेस्टिनीलाई उनीहरूको घरमा छापा मारेपछि र लुटपाट गरेपछि पक्राउ गरेका छन् ।

वेस्ट बैंकमा हालैका महिनाहरूमा इजरायली सेनाको आक्रमण, छापा, गिरफ्तारी र गोलीबारी तीव्र भएको छ, जसले स्थानीय प्यालेस्टिनीहरूमा तनाव बढाँएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *