कांग्रेस-एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि ठूलो खतरा : रास्वपा


काठमाडौँ । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले संकलन गरेको हस्ताक्षरलाई लोकतन्त्रको लागि निकै ठूलो खतरा भएको ठहर गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानामगरमाथि भएको आक्रमणको विरोध गरेका हुन् ।
‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भयो त्यसले सम्मानीत सदनलाई चोट पु¥याएको छ । लोकतन्त्रको विारसत धानेको भनिएकाहरूबाट सार्वभौम संसद्को उपसभामुखजस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रको लागि निकै ठूलो खतरा भएको छ भन्ने रास्वपाको ठम्याइ हो,’ उनले भने ।
उनले भने, ‘उहाँले जति सम्मान पाउनुभएको छ तपाईँहरू जति उफ्रे पनि त्यति माथि पुग्न सक्नुहुन्न। विवेकलाई बन्दी नबनाऔँ सांसद आफैँमा सार्वभौम हो। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाऔँ।’