`

सत्तापक्षमा सिट व्यवस्थापन गरिदिन नाउपाले लेख्यो सभामुखलाई पत्र

Nepal One HD ४ भदौ २०८२ १३:५५
प्रमुख खबर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सत्तापक्ष बस्ने जानकारी संसद् सचिवालयलाई दिएको छ ।

गत २२ असारमा पार्टीका सांसद गंगाराम चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षीमा बस्ने भनेर निवेदन दिएको थियो ।

सोही अनुसार नाउपाका सांसदहरू प्रतिपक्षमा बस्दै आएका थिए । त्यसको ४५ दिनपछि हिजो अध्यक्ष रन्जिता श्रेष्ठले सत्तापक्षमा रहने जानकारीसहित संसद् सचिवालयलाई निवेदन दिएको संसद् सचिवालय स्रोतले बताएको छ ।

सभामुख घिमिरेले बुधबारको कार्यव्यवस्था बैठकमा नाउपाबाट सत्ता पक्षमा सिट व्यवस्थापनका लागि पत्र आएको जानकारी गराएका थिए। सो कार्यव्यवस्थामा नाउपा संसदीय दल नेता गंगाराम चौधरी पनि उपस्थित थिए।

सभामुख घिमिरेले संसदीय दल नेता चौधरीलाई सिट व्यवस्थापनबारे पत्र आएकोले निर्क्यौल गर्न भनेका थिए। प्रतिनिधि सभामा नाउपाका ४ जना सांसद छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *