`

संविधानअनुसार निर्माण गरिएका नियम सबैले पालना गर्नुपर्छ : मुख्यमन्त्री शाह

Nepal One HD ४ भदौ २०८२ १९:०८
राजनीति

कैलाली, ४ भदौ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधान अन्तर्गतका ऐन नियम पालना गर्नु अनिवार्य सर्त भएको बताउनुभएको छ ।

जिल्ला समन्वय समितिले धनगढीमा आज आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा एवं स्थानीय तहको असल अभ्याससम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा उहाँले प्रदेश निजामती ऐन र स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐनलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सुधारका प्रयास र प्रयत्न गर्दागर्दै साना अवरोधहरू आउने स्थिती भए पनि जनतालाई सेवा दिने कुरामा ढुलासुस्ती गर्नु नहुनेमा मुख्यमन्त्री शाहको भनाइ छ ।

प्रदेश सरकारले प्रदेश निजामती ऐन र स्थानीय सेवा सञ्चालनसम्बन्धी जारी गरेकै कारण कर्मचारीहरूको वृद्धि विकास भएको उहाँले बताउनुभयो । मुख्यमन्त्री शाहले भन्नुभयो, “ऐनमा केही समस्या भए प्रदेश सरकार संशोधनका तयार छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *