`

तीन वटा संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

Nepal One HD ५ भदौ २०८२ ८:०३
राजनीति

काठमाडौं । संघीय संसद अन्तर्गतका तीनवटा संसदीय समितिका बैठक आज बस्दै छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै,विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *