`

समाजवादी यात्राको आधार उत्पादन होः प्रचण्ड

Nepal One HD ८ भदौ २०८२ १६:५४
राजनीति

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन भएको एका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको आर्थिक उत्पादन विभागको पहिलो बैठकमा उनले भने, “हामी समाजवादको यात्रातर्फ जाँदैछौँ भने त्सको मूल आधार उत्पादन हो । उत्पादनका निम्ति सिङ्गो पार्टी केन्द्रित नभई समाजवाद सम्भव हुँदैन ।”

हेटौँडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन सङ्र्घ’निर्णय कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्दै अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने अध्यक्ष दाहालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *