विप्लव निवास पुगे प्रचण्ड

राजनीति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। चन्दको सचिवालय अनुसार प्रचण्ड सोमबार बिहान ललितपुरको हरिसिद्धिस्थित निवासमा पुगेको हुन्।
उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे छलफल भएको थियो। नेकपाले भने भदौ २२ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले एकताबारे निर्णय गर्ने तयारी गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट