`

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक

Nepal One HD ९ भदौ २०८२ १७:३९
राजनीति

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।

सचिवलयले आज सूचना जारी गर्दै यही भदौ १० गते मङ्गलबार अपराह्न १ देखि ४ बजेसम्म समितिको कुनै सदस्यलाई समितिको सभापतिमा निर्वाचित गरियोस् भनी अर्को एक सदस्यको समर्थनसहित सचिवको कार्यकक्षमा प्रस्ताव दर्ता गर्न सकिने जनाएको छ ।

सोही दिन अपराह्न ४ः१५ बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची प्रकाशन गरिनेछ ।

भदौ ११ गते बुधबार अपराह्न ३ बजे समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको प्रतिनिधिसभा सचिव हर्कराज राईले जानकारी दिए ।

सङ्घीय निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा समिति निर्णयभन्दा फरक राखिएको पाइएपछि समितिका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए । खतिवडाको राजीनामापछि समितिको नयाँ सभापति चयन प्रक्रिया अघि बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *