`

विद्यालय शिक्षा विधेयक सञ्चाउनुपर्ने शिक्षकहरूको माग

Nepal One HD १७ भदौ २०८२ १८:२२
प्रमुख खबर

काठमाडौँ, १७ भदौः शिक्षकहरूले विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने माग गरेका छन् । विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आज वसुन्धरास्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा धर्नासमेत दिएका छन् ।

विधेयकमा आफ्ना माग समावेश नभएको भन्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरूले सङ्घर्षका कार्यक्रम गर्दै आएको छ । महासङ्घले अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बालकक्षाका शिक्षक, स्थायी शिक्षकको बढुवा, तलब र ग्रेड वृद्धि, स्थायी आन्तरिक प्रतिस्पर्धा, निवृत्तिभरण व्यवस्था, अस्थायी सेवा अवधिको गणना, माथिल्लो तहमा स्थायी हुँदा पाउने तलबलगायत विषयमा आफना माग राख्दै आएका छन् ।

यस्तै, द्वन्द्वपीडित र संस्थागत विद्यालयका शिक्षक, प्रधानाध्यापकको व्यवस्था, शिक्षण काउन्सिल, विभागीय कारबाहीको विषयसमेत महासङ्घले उठाउँदै आएको छ । सोही अवसरमा शिक्षकको ध्यानाकर्षण पत्र बुझ्दै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *