`

सत्तापक्षलाई रास्वपाको चेतावनी: ०८४ मा जनताले हिसाब राख्छन्

Nepal One HD १८ भदौ २०८२ १४:०४
राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणको विषय आफूहरूले ९५ दिनदेखि उठाउँदा पनि सरकारले नसुनेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद ढकालले रास्वपाका विषयमा अरू दलले ‘डिपफेक’ भिडियो बनाएर आक्रमण गरिरहेको बताए ।

उनले भने, ‘हामीमाथि मिथ्या आरोप लगाइराख्नुभएको छ। सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीमाथि नसकेर हाम्रो नेताहरूको फेक भ्याइस रेकर्डहरू समेत बाहिर छरपस्ट पार्न थालिएको छ। यो शैलीको निन्दा गर्छु।’ “हामी संस्कारमा सम्भावना खोजिरहेका छौँ, हामीले ९५ दिनदेखि भिजिट भिसाको विषय उठाइरहेका छौँ,” ढकालले भने, “हामीले बोलेको दुई मिनेटका लागि सत्तापक्षले प्रतिवादमा घण्टौँ खर्चिरहेको छ ।”

उनले विरोधका आवाजलाई दमन गरेर लोकतन्त्र बलियो नहुने बताए। उनले भने, ‘०८४ मा आम नागरिकले यो शैलीको हिसाब राखेका छन्। त्यो हिसाब निकाल्नेछन्। लोकतन्त्र जुरुक्क उठ्नेछ। जनता बोल्छन् तपाईँहरू बोल्ने ठाउँ हुँदैन।’

उनले लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्नेहरू एकदिन आफैँ समाप्त हुने बताए । राज्यका हरेक निकाय दलीयकरणको प्रभावले काम गर्न नसक्ने भएको उनको भनाइ छ । आगामी ०८४ सादपछि आफ्नो पार्टी बलियो हुने दाबी गर्दै सांसद ढकालले त्यसबेला अहिलेका सत्तापक्ष पनि बोल्न नपाउने चेतावनी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *