`

आफ्नो डिप फेक अडियो,भिडियो बनाउनेविरुद्ध स्वर्णिमले दिए उजुरी

Nepal One HD १८ भदौ २०८२ १५:३५
प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाक्टर स्वर्णिम वाग्लेले साइबर ब्यूरोमा उजुरी दिएका छन् ।

आफूलाई वदनाम गर्न डिपफेक भिडियो बनाउनेविरुद्ध उनले आज दिउँसो भोटाहिटी स्थित साइबर ब्युरो पुगेर उजुरी दिएका हुन् ।

उनले दिएको उजुरीमा बिगत दुईदिन देखि आफूप्रति घृणा र द्वेष पैदा गराउने हेतुले सामाजिक संजालमा झुठा बनावटी, नक्कली ध्वनि अंकन समेत गरि हुँदै नभएको र गर्दै नगरेको सम्बाद, एवम् दृश्यहरु सामेल गरि सामाजिक संजालमा चरित्र, प्रतिष्ठा, र राजनीतिक जीवनमा आघात पुर्याउने हेतुले घृणा र द्वेष फैलाउने नियतले सामाजिक संजालमा प्रचार प्रसार गरेको उल्लेख छ ।

उनले झुठा र बनावटी, विषयवस्तु समाबेश गरि विद्युतीय मध्यमबाट आफ्नो विरुद्धमा गम्भीर झुटा अफवाह फैलाई गरि कानूनी कार्य गर्ने गर्ने व्यक्ति पत्ता लगाई तत्काल अनुसन्धान गरि कारवाही गर्न आग्रह गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *