`

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डा ?

Nepal One HD १९ भदौ २०८२ ८:२३
प्रमुख खबर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज (बिहीबार) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा स्थायी कमिटी बैठकमा भएका छलफलको विषयमा निर्णय हुने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

‘आजको बैठकमा यसअघि स्थायी कमिटी बैठकमा भएको छलफलमाथि निर्णय हुनेछ । पार्टीको यही भदौ २१ गतेदेखि सुरु गर्ने भनेको मध्यपहाडी लोकमार्ग जागरण अभियानबारे टुंगो लाग्न बाँकी विषयमा टुंगो लगाइनेछ’, प्रवक्ता सापकोटाले भने ।

उनका अनुसार एकतामा आएका दलका नेता कार्यकर्ताको कार्य विभाजनबारेमा पनि आजको बैठकले निर्णय गर्नेछ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समूहबीच गत जेठमा पार्टी एकता भएको थियो ।

बैठकमा पार्टीभित्र देखिएको अन्तरविरोध र समाधानका विषयमा पनि छलफल हुने बताइएको छ । यसअघि, माओवादीको स्थायी कमिटी बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *