`

च्यासलमा एमाले सचिवालय बैठक (तस्वीरहरु)

Nepal One HD १९ भदौ २०८२ १६:२९
नेकपा एमाले

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । दोस्रो विधान महाअधिवेशनबारे छलफल गर्न बैठक बसेको हो । एमालेको विधान महाधिवेशन भोलिदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ ।

च्यासलमा जारी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरूलाई अन्तिम रूप दिन आज बैठकको आयोजना गरिएको हो । आजको बैठकमा विधान महाधिवेशनमा अध्यक्ष ओलीको तर्फबाट प्रस्तु हुने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने साँगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

‘तीन वटै प्रतिवेदनका प्रस्तुतकर्ताले प्रतिवेदनको व्याख्या गर्ने र सचिवालयले पास गरेको प्रतिवेदन भोलि विधान महाधिवेशनमा पेश हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । सँगै महाविधेशनको तयारी, व्यवस्थापन र उपसमितिले गरेका कामको पनि ब्रिफिङ गर्ने एजेण्डा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *