दशैँको अग्रिम टिकट कहिले खुल्छ ?


काठमाडौं । काठमाडौं दशैं आउन १५ दिन मात्रै बाँकी रहँदा पनि सरकारले लामो दूरीमा गुड्ने यात्रुवाहक सवारी साधनको हकमा अग्रिम टिकट बुकिङ खोलेको छैन । अन्य वर्षहरूमा कम्तिमा एक महिनाअगावै यो सुविधा राज्यले खुला गर्ने गरेको थियो । यो वर्ष भने गृहकार्यसमेत सुरु भएको छैन ।
यातायात व्यवसायीहरूका अनुसार यो वर्ष अग्रिम टिकट बुकिङ सुविधा खोल्ने विषयमा हालसम्म राज्यबाट औपचारिक रुपमा कुनै गृहकार्य सुरु नभएको बताएका छन् ।
बर्खा र बाढीले विभिन्न ठाएँमा सडक अवरुद्ध भएकाले यो विषयमा टुङगो नलाग्दासम्म अग्रिम टिकट बुकिङ सुविधा खोल्न नमिल्ने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । उनका अनुसार वर्षात समयमा सवारी साधन गुड्दा गुड्दै गरेको अवस्थामा माथिबाट पहिरो जाने र सडक मुनिको जमिन भाँसिने समस्याका कारण यातायात व्यवसायीलाई जोखिम थपिएको छ । काठमाडौंबाट बाहिरिने कुनै सडक खण्ड अहिले सुरक्षित नभएको उनको भनाइ छ ।
दशै मनाउन घटस्थापनापछि उपत्यकामा बसोबास गर्दै आएका सर्वसाधारण उपत्यका छाड्न सुरु गर्छन् । चाडवाडको समयमा घटस्थापनादेखि अष्टमीसम्म उपत्यकाबाट दैनिक करिब साढे ५ हजारको संख्यामा ठूला साना सवारी साधन बाहिरिने गर्छ ।