`

बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू, के–के गर्न पाइँदैन ?

Nepal One HD २३ भदौ २०८२ १२:५१
समाज

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वरस्थित संसद् भवन आसपासका क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । जेनजी प्रदर्शनले निषेधित क्षेत्र तोड्दै बानेश्वरकेन्द्रित भएपछि भीड प्रहरी नियन्त्रण बाहिर पुगेको थियो । सो क्रममा प्रदर्शनकारी संसद्को गेट नाघेर भवनभित्रै छिरेका हुन् ।

उनीहरुले संसद भवनको २ नम्बर गेटमा आगजनी समेत गरेका छन् । प्रहरीले अश्रुग्यास र हवाइ फायर गर्दा समेत भीड नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको आदेशअनुसार बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वरचोकदेखि दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म कर्फ्यू आदेशजारी भएको छ । यसअवधिमा आवतजावत, भेला, जुलुस, घेराउलगायतका काम गर्न नपाइने भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *