जेनजीले गरे महान्यायाधिवक्ताको वेबसाइट ‘ह्याक’

समाज

काठमाडौं । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा जेनजी (युवापुस्ता) ले आज देशभर प्रदर्शन गरिरहेका बेला केहि वेबसाइटहरू ‘ह्याक’ भएको छ । युवाहरूले भ्रष्टाचारविरोधी प्रदर्शन गरिरहँदा केही समूहले वेबसाइटहरू ह्याक गरी आफ्ना नाराहरू प्रकाशित गरेका छन् ।
महान्यायाधिवक्ता कार्यालयको वेबसाइट पनि ह्याक गरेर जेनजीहरूले नारा लेखिदिएका छन् । ‘जेनजी राइजिङ नेपाल’ ह्यासट्याग उल्लेख गरी उनीहरूले वेबसाइटमा उनीहरूले बानेश्वरको प्रदर्शनमा सहभागी हुन अपिल पनि गरेका छन् । यस्तै पद्मकन्या स्कुल, होटल एशोसिएसन नेपाल लगायत अन्य संस्थाका वेबसाइट पनि ह्याकरले कब्जामा लिएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट