रातैभर सुत्न सकिनँ, कांग्रेसलाई सरकारबाट फर्काउने निर्णय गराउन लाग्छु : गगन थापा

नेपाली कांग्रेस

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले अबिलम्ब राजीनामा नदिए कांग्रेस सरकारबाट फिर्ता हुने बताएका छन् । महामन्त्री थापाले वक्तव्यमा भनेका छन्, ‘प्रधानमन्त्री ज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नु पर्छ । अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनु हुदैन, रहन सक्दैन । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ । पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु ।’
उनले मंगलबार बिहान भनेका छन्, ‘रातभर सुत्न सकिनँ । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन । अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ । प्रधानमन्त्री ज्यूले यो दमनको जिम्मा लिएर अविलम्ब पद छोड्नु पर्छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट