त्रिभुवन विमानस्थल : स्थगित गर्ने तयारी

प्रमुख खबर

काठमाडौं । काठमाडौं को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा आवागमन स्थगित गर्ने तयारी भईरहेको छ ।
नेपाल नागरिक उड्डयान प्राधिकरण स्रोतका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गए अनुरुप विमानस्थल स्थगित गर्न लागेको हो ।
अहिले आकासमा रहेका जहाजलाई अवतरण गर्न दिने र थप उडानहरू स्थगित हुने गरी विमानस्थल बन्द गर्न लागिएको स्रोतले जनाएको छ ।
अहिले विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेका छन् । अब मुख्य गेट नै बन्दै गरेर विमानस्थलमा अन्य गतिविधि रोक्ने तयारी गरिएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया