`

भैंसेपाटीको मन्त्री क्वार्टरमा आगजनी, मन्त्रीहरुलाई हेलिकप्टरबाट ओसारिंदै

Nepal One HD २४ भदौ २०८२ १३:४८
बिशेष

काठमाडौं । ललितपुरको मन्त्री क्वार्टरमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् । आगजनी भएसँगै मन्त्रीहरुको निवासमा अहिले नेपाली सेनाका हेलिकोप्टर पुगेका छन् । ठूलो संख्यामा रहेका प्रदर्शनकारी रोक्न प्रहरीले सकिरहेको छैन ।

मन्त्री निवासमै आगो लगाइएपछि मन्त्री र तिनका परिवारलाई हेलिकप्टरबाट उद्धार गरी सुरक्षित स्थानमा ओसारिँदै छ । सुरक्षा निकायका मुख्यालयहरूले उद्धार कार्यको समन्वय गरिरहेको उपत्यका प्रहरीका एक अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *