`

दक्षिण कोरियाको चिप उत्पादन कारखानामा ग्यास चुहावट, २२ जना घाइते

Nepal One HD २४ भदौ २०८२ १८:२६
विश्व

दक्षिण कोरियाको इन्चेओन शहरमा रहेको अर्धचालक (चिप) उत्पादन कारखानामा ग्यास चुहावट हुँदा २२ जना घाइते भएका छन्।

घटना ८ गते दिउँसो करिब २.३५ बजे भएको हो। ग्यास चुहावटका कारण चार जना कामदारलाई सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ, भने अन्य १८ जना आफैं उपचारका लागि अस्पताल गएका थिए। सबैको अवस्था सामान्य रहेको जनाइएको छ।

घटनापछि कारखानामा कार्यरत तथा वरपरका कार्यालयमा काम गर्ने गरी झन्डै १२० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

स्थानीय बासिन्दाहरूलाई पनि सतर्कता अपनाउन भन्दै घरबाहिर ननिस्कन सन्देश पठाइएको थियो।

प्रारम्भिक अनुमानअनुसार, हाइड्रोक्लोरिक अम्ल राखिएको ट्याङ्कीमा गलत रूपमा रसायन हालिँदा ग्यास चुहावट भएको हो।

हाल प्रहरी र दमकल विभागले घटनाको विस्तृत अनुसन्धान गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *