सुर्खेतमा गोली लागेर एकको मृत्यु

प्रमुख खबर

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जेनजीको आन्दोलनको क्रममा एक जनाको गोली लागेर मृत्यु भएको छ । प्रदर्शनकारील नेताका घर तथा कार्यालय आगजनी गरेपछि प्रहरीसँग झडप भएको थियो । सुरक्षा स्रोतले एक जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
मुख्यमन्त्री यामलाल कँडेल र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको घरमा तोडफोडपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रयोग गरेको छ । अख्तियारको प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयहरू पूर्णरूपमा ध्वस्त भएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया