`

कञ्चनपुरमा सार्वजनिक यातायात सञ्चालनमा

Nepal One HD २८ भदौ २०८२ १८:३३
समाचार

दोधारा चाँदनी (कञ्चनपुर)। कञ्चनपुरमा सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् ।

‘जेनजी’ प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको लामो तथा छोटो दूरीका सवारीसाधन आज बिहानदेखि सञ्चालनमा आएका हुन् ।

‘जेनजी’को प्रदर्शनका कारण गत मङ्गलबारदेखि ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन सुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । “आज बिहानदेखि सार्वजनिकलगायत सवारीसाधन सञ्चालनमा आएका छन्”, उनले भने, “महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दूरी सवारीसाधन छुट्न थालेका छन ।”

यसैबीच जिल्ला प्रशासन कार्यालयले गत मङ्गलबारदेखि लगाइएको कर्फ्यू आइतबार बिहानदेखि पूर्ण रूपमा हट्ने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी विज्ञप्तिमा भोलि बिहान ५ बजेपश्चात् अर्को सूचना जारी नभएसम्मका लागि पूर्णतया निषेधाज्ञा र कर्फ्यू हट्ने उल्लेख छ । शनिबार प्रशासनले निषेधाज्ञा खुकुलो गरेपछि महेन्द्रनगर बजारमा चहलपहल बडेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *