`

सिरहा जिल्ला अदालतले आजदेखि बन्दी प्रत्यक्षीकरणसहितको सेवा सुरु गर्दै

Nepal One HD ३० भदौ २०८२ ७:१५
प्रमुख खबर

सिरहा- ‘जेनजी’ आन्दोलनका क्रममा गत सोमबार र मङ्गलबार भएको तोडफोड र आगजनीपछि बन्द भएको सिरहा जिल्ला अदालतले आजदेखि बन्दी प्रत्यक्षीकरण निवेदन दर्तालगायत सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ ।

आइतबार बसेको पूर्णबैठकले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, अभियोगपत्रसहित उपस्थित भएका प्रतिवादीको थुनछेक बहस, जरुरी पक्राउ पूर्जी जारी तथा समर्थन र म्याद थपसम्बन्धी सेवा सुरु गर्ने निर्णय गरेको हो ।

शाखा अधिकृत कञ्चन यादवद्वारा जारी सूचनामा भनिएको छ, “पछिल्लो विषम परिस्थितिमा देखा पर्नसक्ने सुरक्षा चुनौती र अदालतमा भएको आगजनी घटनालाई मध्यनजर गर्दै तत्काललाई यी चार सेवा सुरु गर्न लागिएको हो ।”

आन्दोलनकारी समूहद्वारा अदालत परिसरमा तोडफोड र आगजनी गर्नाका साथै अभिलेख फाँट, तहशील शाखा, मुद्दा फाँटका मिसिल, सर्भर, इजलास चेम्बर, दशीका सवारीसाधन तथा जिल्ला न्यायाधीशका सवारीसाधनमा समेता आगजनी गरेका थिए । उक्त घटनापछि अदालतले सम्पूर्ण सेवा स्थगन गरेको थियो । अब भने चरणबद्ध रूपमा सेवा सञ्चालन गरिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *