`

कर्मचारीले ल्याएको निर्णयमा सञ्चारमन्त्री खरेलले गरेनन् हस्ताक्षर, अर्को प्रस्ताव ल्याउन निर्देशन

Nepal One HD ६ असोज २०८२ १६:४४
प्रमुख खबर

काठमाडौं । नव नियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहणपछि कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् । अर्को प्रस्ताव ल्याउन खरेलले पाँच मिनेटको समय दिएका छन् । खरेलको निर्देशनपछि कर्मचारीहरू धमाधम अर्को प्रस्ताव बनाइरहेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले नव नियुक्त सञ्चारमन्त्री खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । शपथ ग्रहण लगत्तै उनले सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उनलाई सञ्चारमन्त्रीमा नियुक्त गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *