`

दुई महिनादेखि अवरुद्ध अरनिको राजमार्ग निरीक्षणमा पुगे मन्त्री घिसिङ

Nepal One HD ६ असोज २०८२ १८:२१
राजनीति

सिन्धुपाल्चोक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले  दुई महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–तातोपानी सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् ।

पहिरोका कारण गएको दुईमहिनादेखि सो सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा हजार बढी कन्टेनर अलपत्र परेका छन् । दसैँ, तिहार र छठका लागि चीनबाट ल्याइएका सामान समयमा आइपुग्ने सम्भावना कम भइरहेका बेला मन्त्री घिसिङ स्थलगत अनुगमनका लागि सो क्षेत्रमा सोमबार स्वयम् पुगेका हुन् ।

मन्त्री हुनेबित्तिकै कुलमानले सरोकारवालाको बैठक बोलाएर सडक खुलाउने कामलाई तीव्रता दिन निर्देशन दिएका थिए ।

त्यस्तै देशभरका हरेक सडकलाई चौबीसै घण्टा कडा निग्रानीमा राख्न र दशैभर आवतजावतामा कुनै बाधा पर्ने नदिने गरी व्यवस्थापन गर्न समेत उनले आइतबार निर्देशन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *