झलनाथ पत्नीलाई थप उपचारका लागि भारत लगिंदै

समाचार

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आफ्नै घरमा आगजनीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । छोरा निर्भिकसहित भारत जाने तयारी रहेको परिवारका एक सदस्यले बताए । उनलाई भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लगिन लागेको हो । उपचारका क्रममा उनको बायाँ हात समेत काट्न परेको थियो । अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जन डा. शंकरमान राईका अनुसार, अब चित्रकारको ज्यान खतरामा भने छैन ।
तर, उनलाई निमोनिया भने निको हुनका लागि समय लाग्छ । आगजनीमा परेपछि उनको फोक्सोमा अत्यन्तै धेरै धुवाँ पुगेको र त्यसले असर गरेको डा. राईले जानकारी दिए ।
तर, उनलाई निमोनिया भने निको हुनका लागि समय लाग्छ । आगजनीमा परेपछि उनको फोक्सोमा अत्यन्तै धेरै धुवाँ पुगेको र त्यसले असर गरेको डा. राईले जानकारी दिए ।
उनको स्वास्थ्यमा सुधार देखिएको भए पनि निमोनिया चाँडो निको गराउन पनि परिवारकै सल्लाह अनुसार भारत लान लागिएको हो ।डा. राईका अनुसार चित्रकारको शरीरमा १५ प्रतिशत जलन भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया