`

काठमाडौं महानगरले बाँड्यो दुर्गम गाउँपालिकालाई एम्बुलेन्स (तस्बिरहरू)

Nepal One HD ७ असोज २०८२ १४:४८
जीवनशैली/स्वास्थ्य

काठमाडौं।काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ ।

मंगलबार पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिएको काठमाडौं महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीले जानकारी दिए ।

एम्बुलेन्स वितरणका लागि आवेदन माग गरिएकोमा विभिन्न स्थानीय तहबाट आएको आवेदनलाई हेर्दै मापदण्डका आधारमा सुविधासम्पन्न एम्बुलेन्स उपलब्ध गराइएको उनले बताए ।

एम्बुलेन्स वितरण गर्दा सातै प्रदेशलाई समावेश गरिएको उनले जानकारी दिए । एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *