बुद्ध एयरका सबै उडान रद्द

अर्थ समाचार

काठमाडौं । मौसमी प्रतिकूलताका कारण बुद्ध एयरले आज (शनिबार) का सबै उडान रद्द गरेको छ । बुद्ध एयरले एक सूचना जारी गर्दै आजका सबै उडान बन्द गरेको जानकारी गराएको हो ।
उडान रिसेड्युल तथा रिफण्डका लागि आ–आफ्ना ट्राभल एजेन्सी, पोर्टल वा हाम्रो कल सेण्टरमा सम्पर्क गर्न पनि बुद्ध एयरले अनुरोध गरेको छ । अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरू अवरुद्ध छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया