`

बागमती र मनोहरामा बढ्दै बाढी, किनारका बस्ती डुबानको जोखिममा {तस्वीरहरु}

Nepal One HD १८ असोज २०८२ १६:२७
फोटोफिचर

काठमाडौं । बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर बढ्दै गएसँगै बाढीको जोखिम बढेको छ । ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको सतर्कता तह ३.५ मिटर रहेकोमा जलस्तर ३.५८ मिटर पुगेको छ ।

त्यस्तै, मनोहरा खोलाको बालकुमारी केन्द्रमा सतर्कता तह ४.४ मिटर रहेकोमा सो तह पार भएको छ । नख्खु खोलामा पनि जलस्तर बढिरहेको छ । आगामी २४ घण्टासम्म वर्षा निरन्तर हुने सम्भावना छ, जसले गत वर्षको जस्तै बाढीको जोखिम निम्त्याउन सक्ने मौसमविदहरूले बताएका छन्।

हनुमन्ते खोला, विष्णुमति खोला, नख्खु खोलाको मेडिसिटी आसपास र तलका बस्तीहरू, कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार र आसपासका क्षेत्रमा डुबानको उच्च जोखिम रहेको छ । स्थानीय बासिन्दालाई सतर्क रहन र सम्भावित बाढीबाट सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।
तीन दिनसम्म लामो दूरीको यात्रा नगर्न सरकारले आम नागरिकहरुलाई आग्रह गरेको छ । बारा, पर्सा, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा अत्याधिक वर्षा भइरहेको छ । वर्षा अब पूर्वी क्षेत्रमा सर्ने भएकाले पूर्वतिर शतर्कता अपनाउन आग्रह गरिएको छ ।

हेर्नुस् तस्वीरहरु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *