`

सप्तकोशी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक, राखियो रातो झण्डा

Nepal One HD १९ असोज २०८२ १८:२९
प्रमुख खबर

सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।

आज बिहान ११ः०० बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर पाँच लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापनअनुसार पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको उनले बताए । पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरुप रातो बत्ति बाली रातो भण्डा समेत फहराइएको छ ।

यसैगरी कोशी ब्यारेज वरिपरी सवारीसाधान सञ्चालनमा समेत रोक लगाइएको छ । यसैबीच आज प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षाकर्मीसहित नेपाली टोली र भारतको बिहार सरकार जल संसाधन विभागको टोलीले कोशी ब्यारेजको निरीक्षण गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *