ग्लोबल आइएमई बैंकले आठ प्रतिशत नगद लाभांश दिने

अर्थ समाचार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई आठ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकले हाल कायम चुक्तापुँजीको आठ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आउँदो साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गर्ने बैंकले जनाएको छ ।
कम्पनीले बोनस सेयर भने दिने छैन । बैंकको सेयर मूल्य प्रतिकित्ता २३८ रुपैयाँ हाराहारीमा छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट